२.१ भौगोलिक स्थान
नेपालभित्रको नेपाल भनेर चिनिने जिल्ला बागलुङ हो । यही जिल्लाको मध्य भागमा रहेको सानो गाउँपालिका (गापा) ताराखोला हो । यस गापाको पूर्वमा काठेखोला गापा र पश्चिममा गलकोट नगरपालिकाको पाण्डवखानी, बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिका र उत्तरमा म्याग्दी जिल्ला र दक्षिणमा गलकोट नगरपालिकाका हरिचौर तथा नरेठाटी पर्दछन् । यस गापाको सबैभन्दा होचो भाग समुद्री सतहबाट करिब १४ सय मिटरदेखि सबैभन्दा अग्लो भाग डुँडेलेकको धुरी करिब ३५ सय मिटर उचाइमा रहेको छ ।यसको औषत लम्बाइ १९०९१ मिटर र चौडाइ ८६५३ मिटर रहेको छ भने कुल क्षेत्रफल समग्रमा १२८.९२८८ वर्ग कि.मी. रहेको छ ।
२.२ ऐतिहासिक पहिचान नामांकन
ताराखोला गाउँपालिकाको ऐतिहासिक पृष्ठभूमि गलकोट राज्यसँग जोडिएको छ । यसको ऐतिहासिक पृष्ठभूमि पर्वत राज्यसँग जोडिएको छ । तत्कालिन पर्वत राज्य मध्यकालमा साविक धवलागिरि अञ्चलमा पर्दथ्यो । यस राज्यको अस्तित्व वि.सं. १४९३ देखि १८४३ सम्म रहेको र यसको सिमाना वर्तमान पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लाको दक्षिणी भागसम्म फैलिएको बुझिन्छ (थापा, २०६६ः ५) । यही पर्वत राज्यबाट टुक्रिएर गलकोट राज्यको स्थापना भएको थियो । इतिहासकारहरुले दिएको जानकारी अनुसार प्राचीन समयको गलकोट भन्नाले पूर्वमा बिहुँको काठेखोला, पश्चिममा पाण्डवखानीको काभ्रेखोला, उत्तरमा म्याग्दी रुमको देउराली र दक्षिणमा गुल्मी मुसिकोटको निबुवा खोलासम्मको भूभागलाई जनाउँथ्यो । प्राचीन समयमा राजा जितारी मल्ल (वि.स. १६३१) देखि जगतबम मल्लको समय (वि.सं.१८४४) सम्म यो भूभाग एउटा चौबीसे राज्यहरु मध्येको एक शक्तिशाली राज्यको रुपमा परिचित थियो भने त्यसपछि राजा भरतबम मल्लको समय (२०१७) सम्म पनि यो एउटा रजौटाअन्तर्गतको स्वतन्त्र राज्य थियो । राजनीतिक परिवर्तनसँगै प्रशासनिक र भौगोलिक सिमानामा पनि हेरफेर हुँदै आयो । वि.सं. २०१९ सालतिर जिल्ला प्रशासन कार्यालय गलकोटबाट बहिर्गमन भयो । २०४६ सालको बहुदलीय प्रजातन्त्रको आगमनसँगै गलकोट क्षेत्र पनि तीनवटा क्षेत्रमा विभाजन हुनपुग्यो । यही विभाजनमा तत्कालीन अमरभूमी, अर्गल, हिल र तारा गाविस बागलुङ जिल्लाको क्षेत्र नं. १ अन्तर्गत पर्दथे । यो अवैज्ञानिक र अव्यवहारिक क्षेत्र विभाजनले समग्र गलकोट क्षेत्र नै विकासका दृष्टिले पछाडि परेको महसुस त्यहाँका जनताले गरेका थिए । यही असन्तुष्टीका बीच दसबर्से माओवादी द्वन्द्वको प्रभाव समग्र गलकोटमा नै प¥यो । द्वन्द्वको सबैभन्दा बढी प्रभाव यिनै ताराखोला क्षेत्रका साविकका चार वटा गाविसमा पर्न गयो । यही द्वन्द्व र जनचाहना अनुसार एकात्मक राज्य व्यवस्था नै परिवर्तन भइ संघीय राज्य व्यवस्थाको बहाली भयो । यही व्यवस्था अनुरुप ताराखोला क्षेत्रका तत्कालिन चारवटा निकाय वा गाविस मिलाएर एउटा स्थानीय तह वा ताराखोला गाउँपालिका निर्माण गरिएको हो । गाउँपालिकाको नामकरण ताराखोला गरिनुका केही कारणहरु छन् । गलकोट भन्नाले त्यस क्षेत्रका समग्र १४ वटा साविक गाविसहरुलाई जनाए जस्तै ताराखोला भन्नाले पनि त्यहाँका समग्र चारवटै साविक गाविसहरुलाई बुझिन्छ । भौगोलिक रुपमा पनि साविकको तारा गाविस आफैमा ठूलो गाविस हो । यही गाविसको नामलाई विस्तार गरी वर्तमान ताराखोला गाउँपालिकाको नामकरण गरिएको हो । सामाजिक रुपमा पनि सबै जाति र समुदायका मानिसहरु यो गाउँपालिका सबै वडाहरुमा बसोबास गर्दै आए पनि विशेष गरी साविकको तारा गाविसमा तरामी मगरहरुको बाहुल्यता रहेको पाइन्छ । यी तरामी मगरहरुको पहिलो आगमन डोल्पाको ताराभोट भन्ने स्थानबाट भएको हुनाले उनीहरुलाई तरामी मगर भनियो र उनीहरु बसोबास गर्ने स्थानलाई तारा भनियो भन्ने भनाइ त्यहाँका स्थानीय बूढापाकाहरुको छ । तसर्थ यिनै मगरहरु दरम खोला (गाइघाटभन्दा माथिको जलाधार क्षेत्र) का किनारहरुमा बसोबास गर्दै आएको हुनाले यो क्षेत्रलाई ताराखोला भनिएको हो ।त्यसैगरी प्राकृतिक रुपमा पनि ताराखोला सिपको माथिल्लो भागमा पर्ने डुडेलकको धुरीबाट तारा, ढ हिल, अर्गल र अमरभूमीका सबै भागलाई समेट्दै बग्ने खोला हो । यही खोलालाई स्थानअनुसार ठूलो खोला, ताराखोला, गाइघाट, दरमखोला आदि नामले पनि चिनिन्छ । स्थानअनुसार नाम फरक भए पनि यो खोलाले त्यहाँका सबै वडाहरुलाई एउटै सूत्रमा बाँधेको हुनाले यही खोलाको नामबाट यो गाउँपालिककाको नाम ताराखोला रहन गएको हो भन्ने तर्क त्यहाँका स्थानीय जानकारहरुको रहेको छ । ताराखोलासँग जोडिएका गाउँ वा ठाउँहरु अमरभूमी, अर्गल र हिल हुन् । अमरभूमी अर्गल गाविसबाट टुक्रिएर निर्माण भएको नयाँ गाविसको नाम हो । अमरभूमीको अर्थ कहिल्यै नमर्ने ठाउँ भन्ने हुन्छ । यसको पुरानो नाम माझखर्क वा बीचको गाउँ भन्ने अर्थ हो । त्यसैगरी अर्गलको अर्थ पनि पाल्पाको अर्गलीबाट केही मगरहरु आई बसोबास गरेको हुनाले यसको नाम अर्गल रहन गएको हो भन्ने बूढापाकाहरुको भनाइ छ । अर्को पुरानो हिल गाउँ पनि खुट्टाको पैतला जस्तो देखिने वा पहाडको बीचमा रहेका कारण हिल भनिएको हुनुपर्छ भन्ने अनुमान गरिएको छ । यिनै हिल, तारा, अर्गल र अमरभूमीको संयुक्त नाम नै वर्तमान ताराखोला गाउँपालिका हो ।
२.३ राजनीतिक स्थिति
राजनीतिक स्थिति
२.४ धरातलीय अवस्था
धरातलीय अवस्था
२.५ प्राकृतिक सम्पदा
प्राकृतिक सम्पदा
२.६ सांस्कृतिक उत्कृष्टता
एउटै भूगोल, एउटै प्रकृति, साझा मनोविज्ञान र सामुहिक संस्कृतिलाई अवलम्बन गर्ने मानिसहरुको झुण्ड वा समूह नै समाज हो । सामाजिक एकताको संगठित र वैधानिक संरचना नै संघीयता हो । संघीयताको मूल मर्म नै सामाजिक र आर्थिक संमृद्धि हो । यही भावनाबाट उत्प्रेरित भइ संघीयताको अवधारण विकास भएको हो । संघीयताको जग भनेकै स्थानीय तह हो । स्थानीय तहको स्तम्भ भनेको भौगोलिक अवस्थिति र सामाजिक संरचना हो । संघीयतालाई पूर्ण कार्यान्वयन गर्न सामाजिक संरचनाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । ताराखोला गाउँपालिकाको सामाजिक संरचनालाई हेर्दा यहाँ केही जातीय उत्पीडन र वर्गीय असमानता हुँदाहुँदै पनि अनेकतामा एकता र एकतामा अनेकताको विशेषता भएको समाज यहाँ पाइन्छ । ताराखोला क्षेत्रमा विविध जाति, वर्ग, धर्म, संस्कार र पेशाका मानिसहरु हुँदाहुँदै पनि सबैको परस्पर साझा पहिचान भनेकै ‘ताराखोले’ भन्ने शब्द हो र ‘हामी ताराखोले हौ’ भन्ने भावना नै साझा मनोविज्ञान हो । यहाँ आप्mनै मौलिक पहिचान र सामाजिक सद्भाव भएका विभिन्न जाति, जनजाति र दलित समुदायको बसोबास रहेको छ । यहाँको मौलिक पहिचान भनेकै वंशाणुगत रक्तसम्बन्ध, आपसी वैवाहिक सम्बन्ध, मितेरी साइनो, आपसी श्रमविभाजन, श्रम साटासाट, हुद्दा, पर्मा, साझा देवीदेवताको थान–मन्दिर, पूजाआजा, साझा चाडपर्व र स्थानीय उत्पादनमा आधारित खाद्यान्न र घरेलु उत्पादनमा आधारित वस्तुहरु हुन् । यहाँ उत्पादिन खाद्यान्नहरुमा आलु, भाँगो, भट्टमास, मकै, जौ, उवा आदि पर्दछन् भने घरेलु वस्तुहरुमा डोको, डाली, सोली, काइयो, खुर्पेटो जस्ता वस्तुहरु पर्दछन् । यिनै वस्तुहरुको विनिमय गरी स्थानीय पहिचान दिनु, व्यवहारिक समस्या सुल्झाउनु र भ्रातृत्वको भावना विकास गर्नु यो क्षेत्रको मुख्य विशेषता हो । यो साझा सामाजिक सदभाव र स्थानीय पहिचानलाई जोगाइ राख्नु यो गाउँपालिकाको कर्तव्य र अधिकार दुबै हो ।
२.७ विकास सम्भावनाहरू
नेपाल जल, जमिन, जङ्गल, जडिबुटी र जैविक विविधताका हिसाबले सम्भावना नै सम्भावना भएको मुलुकअन्तर्गत पर्दछ । नेपालको पूर्व भागमा सप्त कोसी, मध्यभागमा सप्तगण्डकी र पश्चिम भागमा कर्णाली लगायत ६,००० भन्दाबढी नदीनालाहरु रहेका छन् ।यी नदीहरुको समग्रमा ४५,००० कि.मि. लम्बाइ रहेको छ । जङ्गल, जडिबुटीका हिसाबले पनि नेपाल आफैमा धनी छ । हाम्रो पुरानो ‘हरियो वन नेपालको धन’ भन्ने भनाई अद्यापि कायमै छ । जैविक विविधताको अवस्था हेर्दा यहाँ ८५८ चराचुरुङ्गीहरु, १७९ जातका माछाहरु, ६०० भन्दाबढी जातका पुतलीहरु, ४३८ प्रकारका किराफट्याङ्ग्राहरु, १७५ प्रकारका स्तनधारी प्रजातिहरु, ८०० भन्दाबढी जातका औषधिका लागि प्रयोग हुने जडिबुटीहरु, रातो, सेतो र गुलाफी रङका ३० भन्दाबढी प्रकारका गुराँसहरु रहेको पाइन्छ । विश्वमा जैविक विविधतामा नेपाली सम्पदाको योगदान हेर्दा चराको ८.५ प्रतिशत, पुतलीको ४.२ प्रतिशत, स्तनधारीको ४.२ प्रतिशत, माछाको २.२ प्रतिशत र घर्सनेको १.४ प्रतिशत रहेको छ भने एशियाली राष्ट«हरुबीच नेपालको जैविक विविधता योगदान स्तनधारीहरुतर्फ १३.१ प्रतिशत, चराहरु १५.१ प्रतिशत र घर्सने ७.८ प्रतिशत रहेको देखिन्छ । यी सबै अवस्थालाई विश्लेषण गर्दा नेपाल अन्य मुलुकहरु भन्दा भौगोलिक रुपमा सानो देखिए तापनि जैविक विविधताको सम्भावनालाई हेर्दा यो विशाल छ, जस्तैः क्षेत्रफलको हिसाबले नेपाल चीन भन्दा ७० गुणा सानो छ तर पुष्प धनको आधारमा हेर्दा पाँच गुणा, स्तनधारीका लागि दुई गुणा र चराहरुका लागि दुई गुणा मात्र सानो देखिन्छ (न्इल्रःइँक्ऋ, द्दण्ज्ञद्धस शर्मा, २०६५; सिलवाल, २०६२) । यस हिसाबले नेपाल विश्वमा २५ औँ र एशियामा ११ आठै स्थानमा पर्दछ । यस प्रकारका संभावनाहरुलाई यो अध्ययनमा बागलुङको ताराखोला गाउँपालिकासँग जोडेर हेर्ने प्रयास गरिएको छ । नेपालमा उल्लिखित सम्भावनाहरु भए तापनि भौगोलिक एवम् क्षेत्रगत रुपमा यसको प्रभावकारी अध्ययन अझै हुनसकेको देखिदैन । ताराखोला गाउँपालिकामा पनि धेरै सम्भावनाहरु छन् । जल सम्पदा, वन सम्पदा, खनिज सम्पदा, कृषि, पर्यटकीय उत्पादनहरु, विविध भाषा, जातजाति र संस्कृति, ऐतिहासिक पक्ष आदिमा यो गाउँपालिका धनी छ भन्ने गरेको पनि पाइन्छ । तर पनि यसको व्यापक रुपमा अध्ययन अनुसन्धान हुनसकेको छैन । नेपालको परिवर्तित सन्दर्भमा संमृद्धिका लागि भौगोलिक एवम् क्षेत्रगत रुपमा अध्ययन हुनु आवश्यक छ । विषयगत विज्ञहरु तयार गर्दै प्रभावजन्य क्षेत्रको पहिचान गरेर सम्भावना एवम् आवश्यकतामा आधारित भूगोलअनुसारको विकास मोडल तयार गर्नुपर्दछ । सबै क्षेत्रमा एकै पटक लगानी गर्न नसकिने भएको हुँदा जुन क्षेत्रमा लगानी बढाउँदा त्यसले अन्य क्षेत्रलाई समेत मलजल गर्दछ सो क्षेत्रको पहिचान गर्नुपर्दछ । योजना बनाउँदा पनि जुन वर्गले फाइदा लिने हो, उसैलाई सहभागी गराउनु पर्दछ । योजना निर्माण, कार्यान्वयन र ढद्ध सम्पन्न भइसकेपछि त्यसको संरक्षणसमेत गर्ने गरी योजना बनाएमा दीगो, समावेशी र तीब्र आर्थिक विकास सम्भव हुनसक्छ । भूगोलअनुसारका विकास मोडेल तर्जुमा गर्नसकेमा मात्र संमृद्धिमा पुग्न सकिन्छ (सिलवाल, २०७४) । प्रस्तुत अध्ययन पनि फरक परिवेशमा बागलुङको ताराखोला गाउँपालिकाको संमृद्धिको लागि विद्यमान आर्थिक एवम् सामाजिक सूचकहरुको समीक्षा गर्दै तथ्यमा आधारित वस्तुगत विवरण तयार गर्नमा केन्द्रीत रहेको छ ।
२.८ सदस्यता उत्पाद
सदस्यता उत्पाद
२.९ मानव विकास सूचकांक
मानव विकास सूचकांक

